राजनीति

आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ : मन्त्री बस्नेत

इकागज |
असार २८, २०८० बिहीबार १५:६ बजे

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले आगामी आर्थिक वर्ष २०८०/८१ मा थप ९०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको बताएका हुन् । उनले आगामी दश वर्षभित्रमा भने २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको जिकिर गरे ।


सोही अनुरूपको ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ मन्त्रालयले काम गरिरहेको उनकाे भनाइ छ ।

उनले भने, ‘हाल करिब २७ सय मेगावाट करिब हामीसँग उत्पादनको क्षमता रहेको छ । आगामी वर्ष थप ९०० पुर्याउने राखेका छौँ भने आगामी दश वर्षभित्र निकै महत्वाकांक्षी योजनाको फाउन्डेसन तयार गर्न गइराखेका छौँ । २० हजार बढी मेगावाट विद्युत् उत्पादन गर्ने हाम्रो लक्ष्य राखेका छौँ । र, त्यो अनुसार ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ काम गरिराखेका छौँ ।’

मन्त्री बस्नेतले विद्युतको आन्तरिक खपत क्षमता बढाउने पनि बताए ।


Author

थप समाचार
x