राजनीति

पशुमा लम्पी स्किन रोगको संक्रमण क्रमशः घट्ने क्रममा छ : मन्त्री भुसाल

इकागज |
असार २८, २०८० बिहीबार २१:२४ बजे

काठमाडौँ- कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने लम्पी स्किन रोग क्रमशः घट्ने क्रममा रहेको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री भुसालले देशभर पशुहरूमा देखापरेको लम्पी स्किन रोग घट्ने क्रममा रहेको बताएका हुन् । संक्रमित पशुहरूको मृत्युदर पनि क्रमशः घट्ने क्रममा रहेको उनले बताए ।


मन्त्री भुसालका अनुसार हालसम्म १२ लाख भन्दा बढी मात्रा खोप ल्याइसकिएको र २ लाख ५० हजार ७६६ पशुलाई खोप दिइसकिएको छ ।

मन्त्री भुसालले रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबाट आवश्यक औषधिको आपूर्ति गर्ने व्यवस्था मिलाइएको स्पष्ट पारे । मन्त्रालयमा चालु आर्थिक वर्षमा बचत हुने बजेट रकमान्तर गरी स्थानीय तहमा पठाइएको उनको भनाइ छ ।

मन्त्री भुसालले लम्पी स्किन रोगबाट हालसम्म ७ लाख ८२ हजार १८४ पशु संक्रमित भएकाे बताए । संक्रमित मध्ये २८ हजार १ पशुको मृत्यु भएको र ५ लाख २१ हजार ८१४ निको भएको उनले उल्लेख गरे । त्यस्तै २ लाख ३२ हजार ३०९ पशु अहिले पनि संक्रमित अवस्थामा रहेका उनले जानकारी गराए । 


Author

थप समाचार
x