राजनीति

युवा परिवर्तनका संवाहक हुन् : मुख्यमन्त्री चाैधरी

इकागज |
साउन २७, २०८० शनिबार १८:४५ बजे

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले युवा परिवर्तनका संवाहक भएकाे बताएका छन् । उनले आफू युवा हुँदा पनि परिवर्तनका लागि कमैया मुक्तिकाे आन्दाेलनमा ठूलाे संघर्ष गरेकाे स्मरण गर्दै युवाहरूकाे संघर्षले मात्रै परिवर्तन सम्भव भएकाे बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषदले शनिबार रुपन्देहीकाे लुम्बिनीमा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै मुख्यमन्त्री चाैधरीले प्रदेश सरकारले दुई लाख युवालाई राेजगारीमा जाेड्ने लक्ष्य लिएकाे पनि उल्लेख गरे । उनले युवालाई राेजगारी सिर्जना गर्ने काममा सरकारले सहयाेग गर्ने भन्दै प्रपाेजल बनाएर ल्याउन आग्रह गरे ।


युवालाई उद्यमशीलतामा कसरी अगाडि बढाउन सकिन्छ, उत्पादनलाई कसरी ब्राण्डिङ गर्ने भन्ने विषयमा चिन्तन गर्न आग्रह गर्दै यसले राेजगारीका लागि पलायन भइरहेकाे युवा जनशक्तिलाई राेक्न र देश विकासकाे अभियानमा जाेड्न सकिने उनले बताए ।

यहाँकाे उत्पादन विश्वबजारमा पुर्याउन सकिने बताउँदै प्रतिस्पर्धी क्षमताकाे उत्पादन र ब्राण्डिङमा उनको जोड छ । उत्पादनलाई ब्राण्डिङ र मार्केटिङमा सहयाेग गर्न युवा परिषदलाई आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले सरकारले लिएकाे लक्ष्यलाई सहयाेग गर्ने गरी काम गर्न परिषदलाई आग्रह गर्दै त्यसमा मन्त्रालयकाे पूर्ण सहयाेग रहने प्रतिबद्धता व्यक्त गरे । 

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य पूर्वमन्त्री वसिउद्धिन खानले प्रदेशमा जनसंख्याकाे ५० प्रतिशतभन्दा बढी युवा रहेकाे बताउँदै युवाकाे भविष्य अगाडि बढाउनका लागि आफू सामाजिक विकासमन्त्री रहेकै बेला प्रदेश युवा परिषद गठन गरिएकाे स्मरण गरे ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गाेविन्दबहादुर खत्रीले युवालाई उद्यमशीलतामा जाेड्नु पर्ने र नेपाली उत्पादनलाई ब्राण्डिङ गर्नुपर्ने भनाई राखे । 

विभिन्न सामाजिक तथा विकास साझेदार संघसंस्थाकाे समन्वयमा कार्यक्रम गरिएकाे हाे । याे वर्ष 'दिगाे विकासकाे लक्ष्य प्राप्तिमा युवाकाे साथ, नवप्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास' भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइएकाे छ । 

त्यस अवसरमा युवा उद्यमशीलता विकासमा याेगदान गरेका प्रदेशका १५ जना उद्यमी तथा संस्थाहरूलाई सम्मान गरिएकाे थियाे ।


Author

थप समाचार
x