राजनीति

सार्वजनिक लेखा समिति सभापतिमा ऋषिकेश पोखरेलको उम्मेदवारी

इकागज |
भदौ १०, २०८० आइतबार १५:२२ बजे

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । 

सोही क्रममा सार्वजनिक लेखा समिति सभापतिका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । 


पोखरेलको प्रस्तावकमा सत्तारूढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहेका छन् । 

संसदीय समिति सभापतिमा सत्तारूढ र प्रमुख प्रतिपक्ष एमामलेबीच भागबन्डा गरिएको छ । 


Author

थप समाचार
x