राजनीति

नागरिकको काम गर्न कसैको निर्देशन नकुर्नू : मन्त्री श्रेष्ठ

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १८:४९ बजे

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले नागरिकको काम गर्न कसैको निर्देशन कुर्नु नपर्ने बताएकी छिन् । 

गुठी संस्थानको ६० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले माथिको आदेश भन्दै कतिपय काममा अनियमितता गर्ने तथा नियम मिचेर काम गर्ने गरेको सुन्ने गरेको उल्लेख गर्दै त्यसो नगर्न निर्देशन दिइन् । 


'कानुनले दिएको अधिकार प्रयोग गरेर आम नागरिकको समस्या समाधान गर्न कसैको आदेश कुर्नु पर्दैन,' मन्त्री चौधरीले भनिन्, 'यदि कसैले कसैको आदेशमा या गलत नियत राखेर जनताको काममा ढिलासुस्ती गर्छ वा माथिल्लो निकायको आदेश भन्दै कानुनविपरीत काम गर्छ भने त्यो कारबाहीको भागेदार हुन्छ ।'


Author

थप समाचार
x