राजनीति

सुन तस्करीमा संलग्नता देखिएका पूर्वसभामुख महरालाई मुद्दा चलाउन आयाेगकाे सिफारिस

इकागज |
चैत २, २०८० शुक्रबार ११:३९ बजे

काठमाडौं - सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले सुन तस्करीमा पूर्वसभामुख तथा  माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता देखिएको ठहर गरेको छ । 

आयोगले महरालाई मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।


सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार बुझाएका छन् । 
 


Author

थप समाचार
x