राजनीति

लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकारको विपक्षमा विश्वासको मत दिन जसपाको निर्देशन

इकागज |
चैत २२, २०८० बिहीबार १३:४५ बजे

फाइल तस्बिर

काठमाडौं - जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ ।

बिहीबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । जसपाको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहेका आफ्ना सांसदहरूलाई कांग्रेस नेतृत्व सरकारको विपक्षमा विश्वासको मत हाल्न निर्देशन समेत दिएको छ ।


लुम्बिनीमा जसपाका ३ सांसद रहेका छन् । 
 


Author

थप समाचार
x