राजनीति

यस्तो छ बझाङको पछिल्लो मत परिणाम

इकागज |
बैशाख १७, २०८१ सोमबार ९:३७ बजे

काठमाडौँ- प्रदेश सभाको बझाङ–१ (क) को मतगणनामा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । सुरुवाती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएकोमा सोमबार बिहानदेखि कांग्रेसले अग्रता लिएको हो

कांग्रेसका अभिषेक सिंहले ८८७४ मत पाउँदा एमालेका दमनबहादुर भण्डारीले ८६१५ मतसहित  पाएका छन् । 


त्यस्तै नेकपा माओवादी केन्द्रका जनक बुढाले ३२१५ मत पाएका छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३१० मत पाएका छन् । हाल मत गणना जारी छ ।


Author

थप समाचार
x