राजनीति

इलाम-२ : झन्‌झन्‌ पछि पर्दै डम्बर, सुहाङले कटाए १३ हजार मत

इकागज |
बैशाख १७, २०८१ सोमबार १३:५५ बजे

काठमाडौँ- इलाम-२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका हुन् । सुहाङले १३ हजार मत कटाएका छन्

हालसम्मको मतगणनामा सुहाङले १३०६९ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले ८३८६ मत ल्याएका छन् । नेम्वाङ ४६८३ मतले अघि रहेका छन् ।


त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र (लिम्बु) थेगिमले ८०९८ मत पाएका छन् । रास्वपाका मिलन लिम्बूले १७१३ मत ल्याएका छन् । हाल मत गणना जारी छ ।


Author

थप समाचार
x