राजनीति

उपनिर्वाचनको पर्यवेक्षण गर्न निवेदन आव्हान

इकागज |
कात्तिक २६, २०८१ सोमबार १८:५८ बजे

फाइल फाेटाे

काठमाडौँ - निर्वाचन  आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई निवेदन आव्हान गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचन निर्देशिका २०८१ को अनुसूची-६३ बमोजिम निवेदनका लागि कात्तिक २६ देखि ३० गतेसम्म पाँच दिनको समय दिइएको छ ।


आयोगका अनुसार पर्यवेक्षणको स्वीकृति प्रदान गर्नु पूर्व सम्बन्धित व्यक्तिसँग आयोगको तर्फबाट सामान्य जानकारी मूलक अन्तरक्रिया गरी वडा वा पालिका तोकेर पर्यवेक्षणको स्वीकृति प्रदान गरिने छ ।

साथै आयोगले पर्यवेक्षणको स्वीकृति प्राप्त संस्थाले निर्वाचन सम्पन्न भएको एक महिनाभित्र अनिवार्य रुपमा प्रतिवेदन लिई सो उपर छलफल कार्यक्रम गर्ने निर्णय गरेको छ ।


Author

थप समाचार
x