राजनीति

अर्थमन्त्री शर्माको पहिलो निर्णय : खोप खरिदका लागि ५ अर्ब निकासा

इकागज |
असार ३०, २०७८ बुधबार १३:५ बजे

काठमाडौँ : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् ।  मंगलबार शपथ ग्रहण गरेका शर्माले आज अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै कोभिडविरुद्ध खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गरेका हुन् । उनले पदभार ग्रहण गर्दै जनताको जीवन रक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताए । 

त्यस्तै उनले स्वास्थ्यकर्मीहरूलाई दिने भनिएको जोखिमभत्ताका लागि पनि रकम स्वीकृति सदर गरे ।  नयाँ सरकारले मंगलबार शपद ग्रहण लगत्तै चैत महिनाभित्र सबै नेपालीलाई खोपको व्यवस्था गर्ने निर्णय गरिसकेको छ । नवनियुक्त मन्त्रीहरूले आज धमाधम पदभार ग्रहण गरिरहेका छन् ।  



Author

थप समाचार
x