राजनीति

सरकारले अध्यादेश ल्याए एमालेले प्रतिवाद गर्छ : प्रदीप ज्ञवाली

इकागज |
भदौ १, २०७८ मंगलबार १३:३९ बजे

फाइल तस्बिर

काठमाडौँ – प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने बताएको छ । आज बसेको स्थायी कमिटी बैठकपछि जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए सशक्त प्रतिवाद गर्ने बताएका हुन् ।    

‘सरकारले एमाले विभाजन गर्ने गरी अध्यादेश ल्याए एमालेले सशक्त प्रतिवाद गर्छ,’ उनले भने, ‘त्यसपछिको परिणाम के आउँछ त्यसको जिम्मेवार सरकार हुनुपर्छ ।’  


ज्ञवालीले केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेश ल्याइएको तर, पछि गल्ती भएको स्वीकार गरेर फिर्ता गरिएको पनि दाबी गरे । ‘अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेश आएको थियो । त्यसको विरोध भयो । अध्यादेश ल्याउनु गल्ती भएको भनेर फिर्ता गरियो,’ उनले भने, ‘अहिलेको सरकारले त्यही गल्ती गर्दैछ । यो स्वीकार्य छैन ।’  


Author

थप समाचार
x