राजनीति

अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक : कमल थापा

इकागज |
भदौ १, २०७८ मंगलबार १९:३० बजे

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएको बताएका छन् । सामाजिक सञ्‍जाल ट्‍वीटरमा अध्यक्ष थापाले बदनियतपूर्ण तथा संविधानको भावना र सर्वोच्च अदालतको आदेशविपरीत आएको अध्यादेश फिर्ता गर्न पनि आग्रह गरेका छन् । 

'संसद्को बैठक अन्त्य गरेर भोलिपल्टै दलसम्बन्धी अध्यादेश जारीगर्ने सरकारको निर्णय दलिय प्रणाली कमजोर बनाउने उद्देश्यबाट अभिप्रेरित छ । यो निर्णय बदनियतपूर्ण तथा संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत छ।अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक छ। अध्यादेश फिर्ता गरियोस्,' अध्यक्ष थापाले ट्‍वीटरमा लेखेका छन् । 



Author

थप समाचार
x