राजनीति

Breaking News

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश जारी

इकागज |
मंसिर ३०, २०७७ मंगलबार १४:२७ बजे

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छन् । मंगलबार दिउँसो भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले संविधानको धारा ११४ को उपधारा १ बमोजिक मन्त्रिपरिषद्‍को सिफारिसमा अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्‍लेख छ ।


आकस्मिक बसेको मन्त्रिपरिषद्‍ बैठकमा अध्यादेश बिउँत्याउने छलफल भएको इकागजले बिहान समाचार प्रकाशित गरेको थियो । मन्त्रिपरिषद्‍ बैठकलगत्‍तै इकागजसँग कुरा गर्दै कृषिमन्त्री घनश्‍याम भुसालले अध्यादेशबारे बैठकमा कुनै छलफल नभएको झुटो दाबी गरे पनि मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।

र, यो पनि
- आकस्मिक मन्त्रिपरिषद्‍ बैठक सुरु, अध्यादेश बिउँत्याउने छलफल
 


 

 


Author

थप समाचार
x