आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु, अध्यादेश बिउँत्याउने छलफल
फाइल तस्बिर
काठमाडौं : आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु भएको छ । मंगलबार बिहान साढे ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
मंगलबार बिहान संवैधानिक परिषद्को बैठक बसेको थियो । तर सो बैठकमा सभामुख अनुपस्थित भएलगत्तै बैठक स्थगित भएको थियो । उक्त बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । उक्त बैठकले पूरानो अध्यादेशलगायत विषयमा छलफल गरिरहेको एक मन्त्रीले इकागजलाई जानकारी दिए ।
र, यो पनि
- संवैधानिक परिषद् बैठक : सभामुख नजानुको कारण अनेक, देउवा जानुको कारण एक
- सभामुख नगएपछि संवैधानिक परिषद्को बैठक स्थगित
- संवैधानिक परिषद्को बैठक सुरु, सभामुख सापकोटा अनुपस्थित
- ओलीले एकलौटी गरेपछि संवैधानिक परिषद् बैठकमा सभामुख नजाने, बैठक अन्यौलमा
- कोरम नपुगेपछि संवैधानिक परिषद्को बैठक स्थगित
- यसकारण बस्दैन आइतबार बोलाइएको संवैधानिक परिषद् बैठक
- संवैधानिक परिषद् बैठकमा देउवा नजाने
- संवैधानिक अंगका उम्मेदवारको सूची प्रधानमन्त्रीको खल्तीमा, कसले मार्ला बाजी ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया