राजनीति

हामीले जेलमा भोगेको दुःखलाई ध्यानमा राखौँ, कसैले त्यस्तो भोग्न नपरोस् : शेरबहादुर देउवा

इकागज |
मंसिर १०, २०७८ शुक्रबार १४:३९ बजे

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक परिवर्तनको आन्दोलनको क्रममा आफूहरुले जेल जीवनमा भोगेको जस्तो दुःख कसैले पनि भोग्न नपरोस् भन्ने कामना गरेका छन् । नेकपा एमालेको १०औँ महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै देउवाले यस्तो कामना गरेका हुन् । 

‘नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न चरण पार गर्दै लोकतान्त्रिक गणतन्त्र ल्याउन हामी सफल भएका छौँ । संविधान जारी गरेका छौँ यसलाई संस्थागन गर्ने जिम्मा पनि हाम्रै काँधमा छ,’ उनले भने, ‘हामी विभिन्न दलमा आवद्ध छौँ, तर, राष्ट्रिय स्वाधीनता र सुदृढीकरण गर्न हामी एकजुट छौँ । बामपन्थी साथीहरु र हामी जेलका साथीहरू हौँ । विगतमा भोगेको दुखलाई ध्यान राख्दै विगतका दिनमा कसैले पनि यस्तो दुःख भोग्न नपरोस् भन्नेमा दृढ होऔँ ।’  



Author

थप समाचार
x