राजनीति

हामी नयाँ एमालेमा छौं, कुनै सकस छैन : लेखराज भट्ट

इकागज |
मंसिर १३, २०७८ सोमबार १९:५३ बजे

चितवन - नेकपा एमालेका नेता लेखराज भट्टले पूर्वमाओवादीबाट एमालेमा रहेका नेताले पार्टीको सर्वसहमति मानेको बताएका छन् । एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टले यस्तो बताएका हुन् । केपी ओलीसहित शीर्ष नेताले आइतबार गरेको छलफलले दिएको म्यान्डेटलाई मान्नुपर्ने उनको भनाइ छ ।

‘हामी एकताको निरन्तरतामा आयौं, हामी नयाँ एमालेमा छौं । पुर्वमाओवादी पृष्टभूमिका हामीलाई एमालेमा कुनै सकस छैन । हलले दिएको म्यान्डेटविपरीत आज मतदान त नगर्नु होला,’ एमालेको सुदूरपश्चिम प्रदेशका इञ्चार्जसमेत रहेका उनले भने । १० बुँदे पक्षधर नेता र पूर्वमाओवादीबाट एमालेमा रहेका नेतालाई सकस देखिन्छ नि भन्ने प्रश्नमा उनले भने, ‘मलाई केही सकस छैन । हामी एकताको प्रक्रियामा छौं । माओवादीमै जाने भए हामी यहाँ बस्ने नै थिएनाैं नि ।’ 



Author

थप समाचार
x