राजनीति

सबै सदस्य सहमतिबाटै टुंग्याउँछौं : टोपबहादुर रायमाझी

इकागज |
मंसिर १३, २०७८ सोमबार २०:१० बजे

साैराह - नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले पार्टीको जारी महाधिवेशनमा सहमतिका आधारमा सबै सदस्यको टुंगो लगाउने बताएका छन् । चितवनको सौराहमा जारी पार्टीको १० औं महाधिवेशनस्थलमा सोमबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।   

‘हामी १० औं महाधिवेशनको अन्तिम चरणमा छौं । अहिलेसम्म ९० प्रतिशत सदस्यमा सहमति भएको छ । बाँकी सबै सदस्य सहमतिबाटै टुंग्याउँछौं,’ उनले भने ।



Author

थप समाचार
x