राजनीति

हामीले प्रक्रिया नै खोजेको हो : विष्णु रिमाल

इकागज |
मंसिर १३, २०७८ सोमबार २०:२२ बजे

सौराह - नेकपा एमालेका सचिव विष्णु रिमालले पार्टीको जारी महाधिवेशनमा प्रक्रियाकै आधारमा पदाधिकारी र सदस्य चुनिएको दाबी गरेका छन् । एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनस्थल सौराहमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा रिमालले यस्तो बताएका हुन् । 

‘हामीले खोजेको रोजेको प्रक्रिया नै हो । सकेसम्म सहमति गर्ने नसके प्रतिस्पर्धा गर्ने भनेकै हो । प्रक्रियाको अघिल्लो चरण सकिएपछि भोटिङमा जान्छौं,’ उनले भने ।


नेताहरूको पदमोहका कारण सहमतिमा जाने प्रक्रियामा ढिलाइ भएको उनले संकेत गरे । ‘साथीहरू डिटर्माइन्ड हुनुहुन्छ, हामीले रोक्न खोजेर काम छैन नि । हाम्रो ४८ क्लस्टर छन् । त्यसमा केही ठाउँमा निर्विरोध भएकोले सजिलो भएको छ, नभएकोमा गाह्रो हो,’ उनले भने । केपी शर्मा ओली तत्कालीन अवस्थामा प्रधानमन्त्री रहँदा उनका प्रमुख राजनीतिक सल्लाहकार रहेका रिमाले ओलीका विश्वास पात्र हुन् ।


Author

थप समाचार
x