राजनीति

ट्राफिक व्यवस्थापनलाई सहज बनाउन स्वयंसेवक परिचालन

इकागज |
माघ १३, २०७७ मंगलबार १५:३३ बजे

काठमाडौँ : ट्राफिक व्यवस्थापनलाई सहज बनाउन  ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका १०० जना युवाहरूलाई ट्राफिक स्वयंसेवक बनाइ मंगलबारदेखि परिचालन गरिएको हो । 

ट्राफिक व्यवस्थापनमा कमजोर तथा अस्तव्यस्त भएका ठाउँहरूमा स्वयंसेवक परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । 


स्वयंसेवकहरूले पैदल यात्रु तथा सवारी चालकहरूलाई ट्राफिक सम्बन्धी जनचेतना फैलाउने भएकाले ट्राफिक व्यवस्थापनमा सहजता आउने उनले बताए । स्वयंसेवकको उपयोगिता र सफलता हेरेर आगामी दिनमा परिचालन बढाउँदै लैजाने योजना रहेको उनले बताए । 

नेपाल स्काउटका आयुक्त लोकबहादुर भण्डारीले स्वयंसेवकहरूले नागरिकलाई तोकिएको स्थानबाट बाटो काट्न सिकाउने बताए । ट्राफिकले प्रवाह गर्ने जनचेतनामुलक सन्देशहरू प्रवाहमा स्काउटले सहकार्य गरेको पनि उनले बताए । 

सडक दुर्घटना तथा विपतबाट बच्‍न तथा कुनै पनि संकटबाट बचाउन नागरिकलाई जनचेतना अभिवृद्धि गर्न नेपाल स्काउटले सधैँ सहकार्य गर्ने उनको भनाइ छ ।


Author

थप समाचार
x