राजनीति

जुलुस निकाल्नेदेखि टायर बाल्नेसम्मको हड्ताल (फोटो फिचर)

सरोज बैजु |
माघ २२, २०७७ बिहीबार १३:२३ बजे

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहको आम हड्तालको प्रभाव काठमाडौँ उपत्यकामा धेरै छ । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध आम हड्तालको घोषणा गरेको दाहाल-नेपाल समूहले जुलुस निकाल्ने, प्रदर्शन गर्ने, नाराबाजी गर्नेदेखि सडकमा टायर बाल्नेसम्मका गतिविधि गरिरहेका छन् ।


आम हड्तालमा दाहाल-नेपाल समूहका नेताहरुले जुलुस तथा र्‍यालीको नेतृत्व गरेका छन् । हड्तालमा कार्यकर्ताहरुले झण्डा बोकेर ओलीविरुद्ध नाराबाजी समेत गरेका छन् । तर धेरै ठाउँमा हड्तालमा बन्द गराउँदै हिडेका छन् ।

केही ठाउँमा भने प्रहरी र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप समेत भएको छ । 

 


 


Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।


थप समाचार
x