राजनीति

मन्त्री भट्ट भन्छन्, ‘टीकापुर घटनाका योजनाकार रेशम चौधरी होइनन्, अरु नै छन्’

नवराज पनेरु |
माघ २६, २०७७ सोमबार १८:६ बजे

धनगढी : उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले टीकापुर हत्याकाण्डको वास्तविकता अझै बाहिर नआएको बताएका छन् । जिल्ला अदालत कैलाली र उच्च अदालतले उक्त मुद्दामा दोषी ठहर गर्दै रेशम चौधरीलगायतलाई सजायको फैसला सुनाएकोमा मन्त्री भट्टले यस्तो बताएका हुन् । 

धनगढीमा सोमबार सम्पन्न प्रेस संगठन नेपालको सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै उनले भने, ‘रेशम चौधरीलाई भित्र हालिएको छ । रेशम चौधरी योजनाकार हुन कि होइनन् त्यसमा शंका छ मलाई । अरु नै छन् जस्तो लाग्छ ।’ भट्टले वर्तमान सरकारले सो बारेमा अध्ययन गरेर निर्दोषलाई रिहा गर्नुपर्ने बताए । 


जिल्ला अदालत कैलालीले टीकापुर घटनामा दोषी ठहर गर्दै रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको थियो । कार्यक्रममा मन्त्री भट्टले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरे । संस्कारविहिन बन्दै गएपछि प्रचण्डले जे मन लाग्यो त्यो बोल्ने गरेको बताउँदै भने, ‘प्रचण्डले केपी शर्मा ओलीको बच्चा नहुनु मेरो दोष हो त ? भन्दै हिंडेका छन् । त्यो लेवलको मान्छेले यस्तो भनेको सुहाउँदैन् ।’


Author

थप समाचार
x