प्रमुख समाचार

छिट्टै राजदूत नियुक्त गरिने

छिट्टै-राजदूत-नियुक्त-गर

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:५ बजे

काठमाडौं– नेपाल सरकारले राजदूत नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको जनाएको छ । राजदूत नियुक्ति गर्न बाँकी रहेका देशहरुमा छिट्टै गरिने तयारी गरिएको हो।

बेलायत र अमेरिकाका लागि राजदूत नियुक्त भइसकेका छन् । बाँकी देशहरूमा पनि चाँडै नियुक्ति गरिने परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिए।

छ महिनाअघि परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री खड्काले यो अवधिमा आफूले गरेका कामबारे जानकारी दिन पहिलोपटक आज आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सेवाबाट कम्तीमा पचास प्रतिशत राजदूत नियुक्ति गर्ने मन्त्रालयको नीतिप्रति आफू प्रतिबद्ध रहेको स्पष्ट गरे।

सत्ता साझेदार राजनीतिक दलका महाधिवेशन तथा अन्य कारणले सबै देशमा एकैपटक राजदूत नियुक्तिका निम्ति सिफारिस गर्न नसकिएको पनि उनको भनाइ थियो । अब राजदूत नियुक्तिको सिफारिसमा विलम्ब नहुने पनि मन्त्री खड्काले बताए ।



Author

थप समाचार
x