राजनीति

एमालेले जितेकाे हेटौंडाको मेयर र उपमेयरमा एकीकृत समाजवादीबाट सिफारिस

इकागज |
बैशाख ४, २०७९ आइतबार १८:२४ बजे

हेटौंडा– सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न स्थानीय निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि दुई जनाको नाम सिफारिस गरेको छ । शनिबार उपमहानगरपालिका कमिटीको बैठकले पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मीना लामाको नाम मेयरका लागि सिफारिस गरेको हो ।

त्यस्तै, पार्टीले उपमेयरका लागि तिलक अधिकारी, ध्रुव भुजेल, कविन पन्त र तारा ढुङ्गाना लामाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय पनि गरेको छ ।


नेकपा एसले हेटौंडाका १९ वटै वडाध्यक्षका लागि पनि नाम सिफारिस गरेको छ । 

यस्तो थियो गत निर्वाचनको नतिजा

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको थियो। नेपका एमालेबाट मेयरमा निर्वाचित हरिबहादुर महतले २३ हजार १ सय २४ प्राप्त गरेका थिए भने उपमेयरमा निर्वाचित मिनाकुमारी लामाले ३२ हजार ४३७ मत प्राप्त गरेकी थिइन्।

उक्त निर्वाचनमा एमालले माओवदीसँग तालमेल गरेर नेपाली कांग्रेसलाई ६ सय १५ मतले जितेको थियो। नेकपा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो हुँदा राप्रपा तेस्रो दल बनेको थियो।

मकवानपुरका १० स्थानीय तहमध्ये ६ वटा पालिकामा नेकपा एमालेले जितेको थियो। उसले हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेले जितेको थियो।

नेकपा एमालेले यस क्षेत्रको मेयरमा हालका मेयर हरिबहादुर महतसहित अनन्त प्रसाद पौडेल र गणेशकुमारी प्रधानलाई सिफारिस गरिसकेको छ भने सत्तारुढ गठबन्धनले साझा उम्मेदवारको टुंगो अझै लगाइसकेको छैन।

एमालेबाट उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र इन्द्र प्रसाद नेपालको नाम सिफारिस गरेको छ।


Author

थप समाचार
x