कोशी

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

बाबुराम भण्डारी |
जेठ २९, २०७९ आइतबार १६:८ बजे

विराटनगर - प्रदेश १ को आगामी आर्थिक बर्ष २०७९/८० को बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मुख्यमन्त्री राजेन्द्र कुमार राईले आइतबार बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।

आगामी आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश १ मा पाँच दलीय गठबन्धन सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ ।सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि भएको छलफलपछि नेकपा एमालेका तर्फबाट प्रस्तुत भएको संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । 


एमालेका तर्फबाट सांसदहरु हिक्मत कुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लीलाबल्लभ अधिकारीले १० बुँदामा संसोधन दर्ता गराएका थिए ।

संसोधन प्रस्तावमा उल्लेखित भएका कुराहरु मध्ये केही बिषयलाई मुख्यमन्त्री राईले नीति तथा कार्यक्रममा समेट्ने घोषणा गरेपनि एमालेले सबै बिषय समेटिनु पर्ने अडान राखेको थियो । एमालेका सांसद लीलाबल्लभ अधिकारीले संसोधन प्रस्ताव फिर्ता नलिने बताएपछि निर्णयार्थ पेश गरिएको थियो । 

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफका क्रममा मुख्यमन्त्री राईले आफुले ढंग पुर्‍याएर काम गर्ने गरेको बताए ।उनले विगतमा एमाले नेतृत्वको सरकारले गरेको गल्तीहरूका कारण अहिले आफ्नो सरकारले समेत दुःख पाइरहेको र भनेजस्तो नीति तथा कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरेका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x