कोशी

एकीकृत समाजवादीको संसदीय दलको नेतामा राई

इकागज |
पुस २६, २०७९ मंगलबार ११:५७ बजे

विराटनगर । नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्रकुमार राई चयन भएका छन् । सोमबार बसेको दलको बैठकले निवर्तमान मुख्यमन्त्री समेत रहेका राईलाई दलको नेता चयन गरेको हो ।

बैठकले संसदीय दलको प्रमुख सचेतकमा प्रदेश सभा सदस्य विद्या चाम्लिङलाई चयन गरेको छ । प्रदेश १ को प्रदेश सभामा एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचित ३ र समानुपातिक एक जना गरि जम्मा ४ जना सांसद रहेका छन् ।



Author

थप समाचार
x