कोशी

हुलाकी सडक निर्माणलाई गति दिन प्रमुखको निर्देशन

इकागज |
चैत १, २०७९ बुधबार ७:२३ बजे

फाइल तस्बिर

विराटनगर - विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर उनले स्थानीयवासीले धेरै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन दिएका हुन् ।

विराटनगर–५ स्थित गणेशचोकबाट केशलिया पुलसम्मको तीन  दशमलव एक सय ९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसित कोइरालाले छलफल गरे । स्थानीय जनताको समस्यालाई बुझेर छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न कोइरालाले निर्माण कम्पनीलाई निर्देशन दिएको उनका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । 


विसं २०८० साउनभित्र हुलाकी सडक निर्माण सम्पन्न गर्ने गरी भूमि कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । उक्त कम्पनीले काम नगरेपछि देव एण्ड सायर कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जीनियर दीपेन्द्र चौधरीले जानकारी दिए । 


Author

थप समाचार
x