कोशी

एमाले कोशी अधिवेशन

यस्तो छ उम्मेदवारहरूको अन्तिम नामावली, साढे ५ देखि निर्वाचन गर्ने तयारी

इकागज |
असोज १४, २०८० आइतबार १६:५३ बजे

विराटनगर- नेकपा एमाले कोशी प्रदेश कमिटीको नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया अघि बढेको छ । निर्वाचन कमिटीले दाबी विरोधबाट हटेकाहरूलाई उम्मेदवारको सूचीबाट हटाएर अन्तिम नामावली प्रकाशन गरेको छ ।

अध्यक्षका लागि मोरङका घनश्याम खतिवडा र विनोद ढकाल चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा हुन लागेको हो ।


उपसचिवमा झापाकी जलबर्षा राजवंशी, मोरङका खेमराज नेपाली र खोटाङका देवान राईबीच प्रतिष्पर्धा हुने तय भएको हो । सहमति नभएका पदाधिकारीसहित जिल्लागत रूपमा आकांक्षीहरू चुनावी मैदानमा उत्रिएका छन् ।

अध्यक्षका प्रत्यासी खतिवडा पार्टी अध्यक्ष केपी ओलीको समर्थनमा चुनाव लड्दैछन् । पार्टी केन्द्रीय सदस्य समेत रहेका ढकाल भने कार्यकर्ताहरूको रोजाइ भन्दै चुनावको सामना गर्न लागेका हुन् ।

सचिवका प्रत्यासी भण्डारी खतिवडा समूह र लामा ढकाल समूहमा देखिएका छन् । त्यसैगरी उपसचिवतर्फकी राजवंशी र राई खतिवडा समूह र नेपाली भने ढकाल समूहमा रहेको जनाइएको छ । 

निर्वाचन कमिटीका संयोजक वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले सकेसम्म ५ः३० देखि मतदान सुरु गर्ने जानकारी दिए । उनले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिसकेकोले निर्वाचनको तयारी अघि बढाइएको बताए ।

२ सय १५ सदस्यीय प्रदेश कमिटीका लागि जम्मा ४ सय ५० जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।

कोशी प्रदेशका १४ वटा जिल्लाहरू मध्ये भूगोलतर्फ इलाम, पाँचथर, खोटाङ, ताप्लेजुङ र सोलुखुम्बुमा भने सबै पदमा सर्वसम्मत भएका छन् । बाँकी रहेका झापा, मोरङ, सुनसरी, संखुवासभा, ओखलढुंगा, भोजपुर, उदयपुर, खोटाङ जिल्लाका लागि भने चुनाव निश्चित भएको हो ।

चुनाव हुने जिल्लाहरूमा कुल ११६ पदका लागि २५४ जना भिड्दैछन् । त्यसैगरी समावेशीतर्फ एक अपांग कोटामा २, दुई मुस्लिम कोटामा ६, दुई आदिवासी खुल्लामा ४ र दुई जनजाती खुल्ला सदस्यमा ९ जना प्रतिष्पर्धामा उत्रिएका हुन् ।

उम्मेदवारहरूको अन्तिम नामावली अनुसार समावेशीतर्फ अल्पसंख्यक र आदिवासी महिलातर्फ भने सर्वसम्मत भएका छन् ।

उम्मेदवारको अन्तिम नामावली:


Author

थप समाचार
x