कोशी

तीव्रगतिमा गुडिरहेको मोटरसाइकल भैँसीसँग ठोक्किएपछि...

इकागज |
कात्तिक ३०, २०८० बिहीबार १०:२ बजे

सांकेतिक तस्बिर

दमक (झापा)- झापामा भैँसीसँ मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । 

झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को २१ प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।


दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।


Author

थप समाचार
x