कोशी

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : सञ्चार विधेयक पेस गर्ने निर्णय

इकागज |
पुस ११, २०८० बुधबार २०:२१ बजे

मोरङ- कोशी प्रदेश मन्त्रिपरिषद्को आज साँझ भएको बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक–२०८० प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा भएको बैठकले उक्त विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो । 

यसैगरी शैलजा आचार्य हृृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० लाई बैठकले स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले जानकारी दिए । बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आङ्गिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्न केन्द्र सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । साथै बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौँ प्रतिवेदन प्रदेश सभामा पेस गर्ने निर्णय  गरेको प्रवक्ता राईले बताए । 



Author

थप समाचार
x