कोशी

उर्लाबारीमा हात्ती आतंक

इकागज |
पुस १९, २०८० बिहीबार ९:२९ बजे

उर्लाबारी- मोरङको रतुवामाई र उर्लाबारी नगरपालिकामा जंगली हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

रतुवामाई नगरपालिका-९ स्थित झर्ना टोल हुँदै वडा नम्बर १० को गोप्पेश्वर मन्दिरको रिङरोडबाट हात्ती उर्लाबारीतिर गएको छ ।


९ वटा जंगली हात्ती बस्तीमा प्रवेश गरेपछि अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्थानीयका अनुसार आज बिहान हात्ती रतुवामाईको ९ र १० हुँदै उर्लाबारीतर्फ गएको हो ।

प्रहरीका अनुसार उर्लाबारी ९ बाट बक्राहा खोलातिर गएका हात्ती फेरि उर्लाबारी ८ को कदम टोली प्रवेश गरेको छ । उर्लाबारी ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानका अनुसार हात्ती अहिले बक्राहा खोलातिर जाँदै छ ।

हात्तीले कुनै मानवीय र धनजनको क्षति भने गरेको छैन ।


Author

थप समाचार
x