कोशी

कोशीका मुख्य न्यायाधिवक्ता कोइरालाले लिए पद तथा गोपनीयताको शपथ

इकागज |
पुस २२, २०८० आइतबार १७:५९ बजे

काठमाडौँ- कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त रुपेश कोइरालाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।


शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री केदार कार्की, मन्त्रीहरू तथा उच्च पदस्थ कर्मचारीहरू र कानुन व्यवसायीहरूको उपस्थिति रहेको थियो । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले मुख्य न्यायाधिवक्तामा अधिवक्ता कोइरालालाई नियुक्त गरेका थिए ।

अधिवक्ता कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकार समेत हुन् ।


Author

थप समाचार
x