कोशी

कोशीले पायाे सभामुख, अम्मरबहादुर विष्ट निर्वाचित

इकागज |
पुस २४, २०८० मंगलबार १५:५७ बजे

विराटनगर - कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्वाचित भएका छन् । मंगलबारको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिन् । 

 बैठकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले प्रस्ताव र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङले समर्थन प्रस्तुत गरेका थिए । उल्लेखित पदमा एउटा मात्रै प्रस्ताव परेकाले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा उपसभामुखले गरिन् । 


सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई सघाउने निर्णय गरेसंगै एमालेले पनि उक्त पदमा उम्मेदवारी नदिने निर्णय गरेको थियो । 

 सभामुख चयनका लागि सभाले आजै निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो । 

गठबन्धनको सरकार गठन प्रयोजनका लागि तत्कालीन सभामुख बाबुराम गौतमले साउन १६ गते आफ्नो पदबाट राजीनामा दिएका थिए ।


Author

थप समाचार
x