कोशी

प्रदेशमा रहेको धार्मिक स्थल प्रदेशकै मातहतमा ल्याइने

इकागज |
फागुन ११, २०८० शुक्रबार २०:५७ बजे

इनरुवा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोशी प्रदेशमा रहेको धार्मिक स्थल प्रदेशकै मातहतमा ल्याइने बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीले आज सुनसरीको धरान उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले सो कुरा बताएका हुन् ।

उनले कोशी प्रदेशका पाथीभरा, हलेसी, बराहक्षेत्र, कचनकवललगायत धार्मिक क्षेत्रलाई प्रदेश सरकार मातहत ल्याउने तयारी भएको र यसका लागि आवश्यक नीति निर्माण गरेको जानकारी दिए ।



Author

थप समाचार
x