कोशी

२७ लाख रुपैयाँ बराबरको सामानसहित दुई जना पक्राउ

इकागज |
असोज ९, २०७८ शनिबार १०:५४ बजे

सुनसरी- जिल्लाको कोशी गाउँपालिका-८ तीनकुनेस्थित पूर्व-पश्चिम लोकमार्गबाट असोज ८ गते सशस्त्र प्रहरीले करिब २७ लाख ३० हजार रुपैयाँ बराबरको मेसीनरी सामानसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही जिल्लाको ईश्वरपुर बस्ने २४ वर्षीय दिलेशकुमार गोले र सिन्धुपाल्चोकका २ बस्ने १८ वर्षिय ओम कार्की छन् ।

मे १ क ४४९ नम्बरको टिप्परमा राखेर काठमाडौँबाट पाँचथरतर्फ लैजाँदै गरेको उक्त सामानसहित उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनीहरू उक्त टिप्परको चालक तथा सहचालक रहेका छन् ।


पक्राउ परेका दुवै जनालाई बरामद सामान र टिप्परसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।
 


Author

थप समाचार
x