कोशी

तीन सय प्याकेट पटकासहित एक जना पक्राउ

इकागज |
कात्तिक १९, २०७८ शुक्रबार १२:६ बजे

उदयपुर- जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन सय प्याकेट पटकासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका ७ बस्ने २५ वर्षिय ओमप्रकाश गुप्ता रहेका छन्  । 

प्रहरीले स.९ प ८९८२ नम्बरको मोटर साइकलमा पटकासहित चौदण्डीगढी नगरपालिका- ५ सुन्दरपुर जुटपानीबाट पक्राउ गरेको हो । गुप्ताको साथबाट नौ हजार बराबरको तीन सय प्याकेट पटका बरामद भएको छ । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको छ ।



Author

थप समाचार
x