मधेश

प्रधानमन्त्रीकाे माैखिक आश्वासनमा मधेश सरकारकाे आन्दाेलन स्थगित

सुभाष कर्ण |
साउन ३१, २०७९ मंगलबार १३:४० बजे

जनकपुरधाम । संघीय सरकारविरूद्ध प्रहरी समायोजनको माग गर्दै आन्दाेलनरत मधेश प्रदेश सरकार माैखिक आश्वासनमा आन्दाेलन स्थगित गरेका छन् । प्रदेश प्रहरी समायाेजन र हस्तान्तरणकाे माग गर्दै गत दुई दिनदेखि धर्नामा बसेका मुख्यमन्त्री लालबाबु राउतकाे नेतृत्वमा प्रदेश सरकार चुनावपछि समायाेजन गर्ने प्नधानमन्त्री शेरबहादुर देउवाकाे माैखिक आश्वासनमा धर्ना स्थगित गरिएकाे हाे ।

प्रदेश प्रमुखको निजी सचिवालयकाे प्रांगणमा मधेश सरकारले दईदिनदेखि धर्ना दिँदै आएको थियो । आज तेश्राे दिनमा आन्दाेलन स्थगित गरिएकाे हाे। प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावछि अर्को गठबन्धनको सरकारले प्रहरी समायोजन गर्ने मौखिक आश्वासनको आधारमा प्रदेश सरकारले आजदेखि आन्दाेलनकाे कार्यक्रमहरू फिर्ता लिइएकाे मुख्यमन्त्री राउतले जानकारी दिए ।


मुुख्यमन्त्री राउतले प्रदेशलाई प्रहरी जुनसुकै पनि सरकारलाई चाहिन्छ, समायाेजन सम्बन्धी कानुन पनि बनिसकेकाले अब चुनावपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ भन्नेमा विश्वस्त भएर प्रधानमन्त्रीकाे माैखिक आश्वासन आन्दोलन स्थगित गरेको बताए । प्रदेश प्रमुख हरिशंकर मिश्रले चुनावपछि प्रहरी समायोजन गर्ने सरकारले प्रतिबद्धता गरेको जानकारी दिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x