मधेश

नेकपा एस मधेस प्रदेशको संसदीय दलको नेतामा न्यौपाने चयन

इकागज |
पुस ३०, २०७९ शनिबार २०:१ बजे

जनकपुरधाम- नेकपा (एकीकृत समाजवादी) मधेस प्रदेशको संसदीय दलको नेतामा गोविन्दबहादुर न्यौपाने चयन भएका छन् । 

शनिबार बसेकाे एकीकृत समाजवादी संसदीय दलको बैठकबाट​ न्यौपानेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको हो । मधेस प्रदेशमा नेकपा एसका ७ जना प्रदेश सभा सदस्य छन् ।


न्यौपानेले प्रदेश सभामा ज्येष्ठ सदस्यको हैसियतले प्रदेश सभाको सभामुखको जिम्मेवारी सम्हाल्दै आएका छन् । प्रदेश सभाको पहिलो बैठक उनकै अध्यक्षतामा बसेको थियो । प्रदेश सभामा नयाँ सभामुख निर्वाचित भएर नआउञ्जेलसम्म न्यौपानेले नै सभामुख रहने छन् । 

सभामुखको उम्मेदवारी शनिबार दर्ता भइसकेको छ । माघ २ गते निर्वाचनबाट नयाँ सभामुख चयन हुनेछ । सत्तारूढ गठबन्धनबाट एमालेका रामचन्द्र मण्डल र कांग्रेसबाट जंगीलाल राय यादवले उम्मेदवारी दर्ता गराएका छन् ।


Author

थप समाचार
x