मधेश

महोत्तरीको एउटै बस्तीमा १३ जनाको निधन, थप २०० बिरामी

सुभाष कर्ण |
जेठ ७, २०७८ शुक्रबार १८:१७ बजे

जनकपुरधाम : महोत्तरी जिल्लाको एउटै बस्तीका १३ जनाको मृत्यु भएको छ । जिल्लाको भंगहा नगरपालिका-४स्थित रामनगर बस्तीमा गत १५ दिनको अवधिमा १३ जनाको मृत्यु भएको वडाध्यक्ष अशोक महतोले जनाएका छन् ।

मृतकमध्ये ५० वर्षे एक महिला मात्रै कोभिड-१९ संक्रमित रहेको र ५/६ ज्वरो रुघा खोकी, झाडा पखालाबाट र केहीको उमेर पुगेको कारण मृत्यु भएको हो तर हाल कोभिड महामारी फैलिएका कारणले मृत्यु भएको हुन सक्ने उनले बताए । मृतकमध्ये एक महिलाको मात्रै पीसीआर परीक्षण गरिएको वडाध्यक्ष सिंहले जानकारी दिए ।पीसीआर परिक्षणको सुविधा नभएको कारण सबै विरामीको परीक्षण गरिएको थिएन । बिरामी परेका व्यक्ति स्वास्थ्य चौकी वा अस्पतालमा गई उपचार नगराई घरमै औषधि पसलबाट औषधि ल्याएर सेवन गरिरहेका थिए । 


गाउँमा मृत्यु हुने क्रम बढ्दै गएपछि गाउँहरू त्रसित भएका छन्। अहिले पनि सो बस्तीमा करिब डेढ दुई सयको हाराहारीमा ज्वरो, रुघाखोकी र झाडा पखालाका बिरामी छन् । सबैमा कोभिड-१९ सँगको मिल्दोजुल्दो लक्षण भए पनि नगरपालिका वा सम्बन्धित कुनै निकायबाट पीसीआर परीक्षणको व्यवस्था भएको छैन । यसमा अझै बेवास्था गरे भयाभहको अवस्था देखिने वडाअध्यक्ष महतो बताए । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x