मधेश

महोत्तरीबाट बेपत्ता पाँच किशोरी प्रहरी सम्पर्कमा, घर फर्कन मानेनन्

इकागज |
कात्तिक २३, २०८० बिहीबार ११:३० बजे

महोत्तरी- महोत्तरीको औरहीबाट बेपत्ता भनिएका ५ जना किशोरी प्रहरीको सम्पर्कमा आएका छन् । गत दुई दिनदेखि सम्पर्कविहीन भएका उनीहरू ढल्केबरबाट सम्पर्कमा आएका हुन् ।

घरपरिवारबाट यातना दिएको हुनाले घर छाडेर हिँडेको उनीहरुले बताएका छन् । सम्पर्कमा आए पनि उनीहरुले घर फर्कन भने अस्वीकार गरेको प्रहरीले जनाएको छ ।


'उनीहरु घर फर्कन चाहेका छैनन, हामी मेयरका घरमा जान्छौँ भनेका छन्' किशोरीहरुलाई उदृत गर्दै गौशाला प्रहरी प्रमुख मनोज यादवले भने । 

घरबाट किन यातना दिएको थियो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले यस विषयमा पनि थप अनुसन्धान गरिरहेको प्रमुख यादवले जानकारी दिए । आफूहरूलाई घर नफर्काउन अडान लिएका किशोरीहरूलाई प्रहरीले नगरको जिम्मा लगाउने तयारी गरेको छ ।


Author

थप समाचार
x