मधेश

विन्दुको ठाउँमा संजिला बनिन् सांसद

इकागज |
कात्तिक २४, २०८० शुक्रबार ८:३ बजे

जनकपुरधाम- मधेश प्रदेशकी सांसद विन्दुकुमार यादवको निधनपछि उनको ठाउँमा जनता समाजवादी पार्टीबाट संजिला कुमारी यादव चयन भएकी छिन् । समानुपातिकतर्फ उनलाई पार्टीको सिफारिसमा निर्वाचन आयोगले सांसदको रुपमा चयन गरिएको जनाएको छ ।

समाजवादी महिला संघ, मधेश प्रदेश समितिका अध्यक्ष रहेकी संजिलालाई केही दिनअघि विन्दु यादवको रिक्त रहेको स्थानमा पठाउने निर्णय गरेको थियो ।


बिहीबार नेपाल सरकारको राजपत्रमा निर्वाचन आयोगले जारी गरेको सूचनामा मधेश प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ जसपा नेपालको तर्फबाट मधेशी समावेशी समूह अन्तर्गत निर्वाचित विन्दुकुमारी यादवको निधन भई रिक्त रहेको ठाउँमा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रदेश सभा सदस्य नियमवाली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम संजिला यादवलाई निर्वाचित भएको भनिएको छ । 


Author

थप समाचार
x