मधेश

कलश यात्रामा झडप हुँदा प्रहरीले चार राउन्ड गोली चलायो

इकागज |
फागुन ५, २०८० शनिबार १७:२६ बजे

फाइल तस्बिर

धनुषा- महोत्तरीको सम्सीमा झण्डा मेलामा दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । मेलाको कलश यात्राका क्रममा दुई समूहबीच झडप हुँदा प्रहरीले चार राउन्ड गोली चलाएको हो । 

झडप नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । झडपमा दुवैतर्फका केही व्यक्ति घाइते भएका छन् ।


झडपका क्रममा एउटा मोटरसाइकलमा आगजनीसमेत गरिएको छ । न्युजकारखाना


Author

थप समाचार
x