मधेश

यस्तो प्रदेश २ को नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

सुभाष कर्ण |
जेठ २७, २०७८ बिहीबार १८:१९ बजे

जनकपुरधाम: प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । प्रदेश प्रमुख राजेश झाले बिहीबार सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् । आगामी आर्थिक वर्षमा सडक विकासलाई व्यवस्थित बनाउन प्रादेशिक बोर्ड र औद्योगिक क्षेत्रमा लगानी, संचालन र लगानीकर्ता भित्र्याउन प्रदेश औद्योगिक प्रतिष्ठान गरिनेसहितका लक्ष्य नीति तथा कार्यक्रममा छ । 

बिहीबार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख झाले आगामी वर्षहरूमा प्रदेशलाई पर्यटकीय विकासका लागि प्रत्येक जिल्लामा प्रादेशिक अतिथि सदन र जनकपुरधाममा मधेश सम्मेलन केन्द्र स्थापन गर्ने लक्ष्य लिइएको बताए ।


जनकपुरधाम रेलवेसँग जोडिएको कारण कारण सुविधा सम्पन्न डाइपोर्ट निर्माण कार्यलाई अघि बढाइने, स्मार्ट सवारी चालक अनुमति पत्र प्रदेशबाट वितरण गर्ने व्यवस्था मिलाउने, सवारी तथा यातायातलाई थप व्यवस्थित बनाउन प्रदेश दुई स्थानमा अत्याधुनिक सुविधा सम्पन्न रिफ्रेस सेन्टर स्थापना गर्ने लगायतका लक्ष्य रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

वातावरणीय अनुकुलतालाई दृष्टिगत गर्दैै प्रदेशमा विद्युतीय सवारी साधनको प्रयोग तथा मेट्रो रेलको सम्भाव्यता अध्ययन यसै वर्ष सम्पनन गर्ने निती समेत लिइएको छ । जनताको हकहितमा अथक प्रयास गरेका र लोकतन्त्र तथा प्रजातन्त्र स्थापनामा अमूल्य योगदान पुरयाएका स्व. गजेन्द्रनारायण सिंह, रामराजा प्रसाद सिंह र दुर्गानन्द झाको शालिक जनकपुरधाममा स्थापना गरिने भनिएको छ ।

सो नीति तथा कार्यक्रममा नगरको व्यवस्थित विकासका लागि विरगंज महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिको सहकार्यमा विरगंज जनकपुरधाम विकास प्राधिकरण गठन गर्ने, रोजगारविहीन तथा कोभिड १९ महामारीमा मृत्यु भएका वा उपचाररत बिरामीको आश्रित परिवारलाई राहत वितरण कार्यलाई निरन्तरता दिइने र महामारीबाट प्रभावितहरूलाई स्वरोजगारको व्यवस्था गर्ने नीति सरकारले लिएको उल्लेख छ ।

 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x