मधेश

दश किलो चरेससहित महिला पक्राउ

इकागज |
पुस ३०, २०७८ शुक्रबार ७:४२ बजे

वीरगञ्ज- पर्सा प्रहरीले १० किलो लागूऔषध चरेससहित एक महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा प्रहरीले रौतहट पिपरीया परोवा नगरपालिका–९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवीलाई  वीरगञ्जबाट पक्राउ गरेको हो ।

रन्जुको साथबाट प्रहरीले लागूऔषध चरेस बरामद गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए  । रन्जुले चरेसको प्याकेट बनाई शरीरका विभिन्न भागमा लुकाएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिला भरिया हुन् वा मुख्य कारोबारी हुन् त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस



Author

थप समाचार
x