बागमती

वाग्मतीको सभामुखमा भुवन पाठक निर्वाचित

इकागज |
पुस २९, २०७९ शुक्रबार १४:१७ बजे

मकवानपुर । बागमती प्रदेशको सभामुख पदमा भुवन पाठक विजयी भएका छन् । सत्तापक्षका साझा उम्मेदवार पाठक राप्रपाका महामन्त्री हुन् ।

एक पद सभामुखमा तीन जनाको उम्मेदवारी दर्ता भएपछि आज निर्वाचन भएको थियो । पाठक ६२ मत प्राप्त गर्दै सभामुखमा विजयी भएका हुन् । सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले पनि सभामुखका लागि उम्मेदवारी दर्ता गरेकोमा राप्रपामा पाठक विजयी भएका हुन् ।


सत्ता गठबन्धनका तर्फबाट राप्रपाका पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराएका थिए । सभामुखमा विजयी भएका थापा काठमाणडौंबाट समानुपातिकमा निर्वाचित भएका हुन् । कांग्रेसका उम्मेदवार शिवराज अधिकारीले ३६ मत प्राप्त गरेका छन् भने नेमकिपाकी उम्मेदवार सृजना सायजुले ३ मत प्राप्त गरेकी हुन् ।

११० सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७, कांग्रेसको ३७, माओवादीको २१, राप्रपाको १३, नेमकिपाको ३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ । जसमध्ये विजयी भएका पाठकलाई एमाले, राप्रपा, माओवादी, हाम्रो नेपाली पार्टीको समर्थन थियो।


Author

थप समाचार
x