बागमती

मकवानपुरमा दुई वटा शव फेला

इकागज |
भदौ ३१, २०८० आइतबार १५:१८ बजे

मकवानपुर - मकवानपुरको छुट्टाछुट्टै स्थानमा दुई वटा शव फेला परेका छन् । शनिबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८ मा रहेको माण्डु हाईडोपावरको डयाममा पहिचान नभएको करिब ४० वर्षीय पुरुष व्यक्तिको शव फेला परेको छ ।

त्यसैगरी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४ पाँचपाण्डमा पनि शव फेला परेको हो । पहिचान  नभएको अन्दाजी ५०/५५ वर्षको  मंगोलियन अनुहारको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । दुवै स्थानमा फेला परेको शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जनाएका छन्।


भीमफेदीको माण्डु हाइड्रोपावरमा निरन्तर रुपमा शव फेला पर्ने गरेकाे छ । यसअघि पनि आधा दर्जन भन्दा बडी शवहरु फेला परेका छन् ।

त्यहाँ काठमाडौंबाट नदिले बागाएर ल्याएको फोहोर माण्डु हाईडोपावरमै आएर जम्मा हुने र सोही फोहोरसँग शव बगेर आउने गरेको प्रहरीको भनाई छ । बगेर आउने शव सनाखतमा समेत कठिनाई हुने गरेको र केही शवहरुको सनाखत समेत हुन नसकेको प्रहरीको भनाई छ


Author

थप समाचार
x