बागमती

कार दुर्घटनामा एक जनाको मृत्यु

इकागज |
पुस ७, २०८० शनिबार ९:४६ बजे

सांकेतिक तस्बिर

चितवन- चितवनमा भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–१ लंकालाइनस्थित सडक खण्डमा बा ११ च ८७८९ नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कार चालक २५ वर्षीय विष्णु क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको हो ।


दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि कार चालक क्षेत्रीलाई तत्काल अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भएपछि शवलाई पोस्टमार्टमका लागि राखिएको छ ।


Author

थप समाचार
x