बागमती

मकवानपुरको राक्सिराङ गाउँपालिकाले दियो क्रिसमस मनाउन तीन दिन बिदा

इकागज |
पुस ७, २०८० शनिबार २०:२५ बजे

फाइल फोटो

काठमाडौं - मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाइ धर्माबलम्बीहरूको पर्व क्रिसमसमा तीन दिन सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकामा इसाइ धर्माबलम्बीहरुको उल्लेख्य बसोबास रहेकाले पुस ८, ९ र १० गते अर्थात् डिसेम्बर २४, २५ र २६ गते सार्बजनिक बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जारी गरेको सूचनामा उल्लेख छ।


सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सबै सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्था बन्द रहने सूचनामा जनाइएको छ। हरेक वर्ष डिसेम्बर २५ मा मनाइने क्रिसमस यस वर्ष पुस ९ गते परेको छ।

 


Author

थप समाचार
x