बागमती

ललितपुर महानगरको 'एलएमसी अलर्ट' मोबाइल एप सञ्चालनमा

इकागज |
माघ १८, २०८० बिहीबार १६:५१ बजे

ललितपुर- ललितपुर महानगरपालिकाले 'ललितपुर महानगरपालिका अलर्ट' (एलएमसी अलर्ट) मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

नगरवासीको गुनासो, विपतको जानकारी तथा कुनै समस्याहरूको तत्काल सम्बोधनका लागि महानगरले उक्त मोबाइल एप सञ्चालनमा ल्याएको हो । मोबाइल एप मार्फत् २१ वटा अलर्ट तथा गुनासो पठाउन सकिने महानगरले जनाएको छ ।


महानगरपालिका क्षेत्रभित्र कुनै पनि समस्या, विपत्ति वा गुनासो भएमा आफ्नो सन्देश नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिने बताइएको छ ।

मोबाइल एप शुभारम्भ गर्दै ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले स्थानीयहरूको सहजताका लागि मोबाइल एप निर्माण गरिएको जानकारी दिए । उनले महानगरभित्र स्मार्ट सडक बत्ती राख्ने कामलाई तीव्रता दिएको बताए ।

महानगरका अनुसार इन्टरनेट नभएको खण्डमा पनि अलर्ट मोबाइल एप चलाउन सकिने छ ।


Author

थप समाचार
x