बागमती

शालिकराम घिमिरे सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

इकागज |
चैत ७, २०८० बुधबार १२:१८ बजे

काठमाडौँ- नुवाकोट विदुर नगरपालिका- ११ गेर्खु निवासी ५३ वर्षीय शालिकराम घिमिरे केही दिनदेखि सम्पर्कविहीन भएका छन् । उनी सम्पर्क विहीन भएपछि परीवारका सदस्यले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन् ।

घिमिरे सोमबार बिहान ६ बजे काठमाडौँ तारर्केश्वर नगरपालिका सानो पुलस्थित आफन्तको घरबाट चिया पिउन जाने भन्दै निस्किएका थिए ।


५ दशमलव ६ फिट उचाइका वर्ण रातो , खैरो ज्याकेट कपडाको कालो पाइन्ट ढाँका टोपी लगाएका घिमिरे मोबाइलबाट समेत सम्पर्कविहीन छन् । 

बेपत्ता भएको भोलिपल्ट तनहुँको देवघाटमा सिसिटिभी फुटेजमा देखिएको र हालसम्म सम्पर्कमा नआएकाले र आफन्तकोमा समेत नगएकाले खोजीकार्यको लागि सहयोग गरिदिन परिवारले आग्रह आग्रह गरेका छन् ।

त्यस्तै प्रहरीले पनि शालिकराम घिमिरेलाई कतै भेटे नजिकैको प्रहरी कार्यालय तथा आफन्तहरुलाई बुझाइदिन वा ९८५१०४५४१४ वा सम्पर्क गर्न आग्रह गरेको छ ।


Author

थप समाचार
x